# सत्यको परिचय | तपाईंलाई केन्द्रमा राख्ने कर्जा मञ्च

स्रोत: https://www.satyafinancial.com/ne/intro

सामग्री अद्यावधिक: 2026-10-18

सत्य फाइनान्सियल टेक्नोलोजिज प्रा. लि.

## हरेक कर्जासँगै, अगाडि बढ्छ एउटा जीवन।

व्यक्तिगत योजना होस् वा परिवारका लागि सवारी। तपाईंको अर्को कदमका लागि कर्जा खोज्ने अनुभव पनि सहज हुनुपर्छ।

## तपाईंका योजनाका लागि स्पष्ट बाटो।

कर्जाका लागि आवेदन दिँदा आफ्ना विवरण, कागजात र योजना बारम्बार बुझाउनुपर्ने हुन सक्छ। यसलाई अझ सहज बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।

सत्यले सहभागी बैंकहरूलाई एउटै कर्जा मञ्चमा जोड्छ। एउटै आवेदन तयार गर्नुहोस्, कुन बैंकमा पठाउने रोज्नुहोस् र आएका प्रस्ताव एउटै ठाउँमा तुलना गर्नुहोस्।

हामी वित्तीय प्रविधि कम्पनी हौं, बैंक होइनौं। आवेदन प्रक्रिया सहज बनाउनु हाम्रो काम हो। आफ्नो छनोट तपाईं गर्नुहुन्छ र कर्जाको निर्णय सम्बन्धित बैंकले गर्छ।

## राम्रो अनुभवका आधारभूत कुरा।

### कम दोहोरो काम

आफ्ना विवरण र कागजात सँगै राख्नुहोस्। हरेक बैंकका लागि एउटै जानकारी फेरि भर्न कम समय खर्च गर्नुहोस्।

### स्पष्ट विकल्प

उपलब्ध प्रस्तावका ब्याजदर, शुल्क र भुक्तानी सर्त हेर्नुहोस्। निर्णय गर्नुअघि आफ्ना विकल्प बुझ्नुहोस्।

### तपाईंको अनुमति

पठाउनुअघि आफ्नो जानकारी जाँच्नुहोस्। कुन सहभागी बैंकले आवेदन पाउने हो, तपाईं रोज्नुहोस्।

## एउटै आवेदन। छनोटका थप अवसर।

हामी प्रक्रियाका चरण जोड्छौं, ताकि तपाईं निर्णयमा ध्यान दिन सक्नुहोस्।

### आवेदन तयार गर्नुहोस्

कागजात अपलोड गर्नुहोस्, हामीले भरेका विवरण जाँच्नुहोस् र चाहिएको कर्जाबारे बताउनुहोस्।

### बैंकसँग साझा गर्नुहोस्

सहभागी बैंक रोज्नुहोस् र आफ्नो आवेदन साझा गर्ने अनुमति दिनुहोस्।

### तुलना गरी निर्णय गर्नुहोस्

बैंकका प्रतिक्रिया हेर्नुहोस्, प्राप्त प्रस्ताव तुलना गर्नुहोस् र आफूलाई उपयुक्त विकल्प रोज्नुहोस्।

आवेदनले स्वीकृतिको ग्यारेन्टी गर्दैन। हरेक बैंकले तपाईंको जानकारी समीक्षा गरी आफ्नै सर्त तय गर्छ।

## ऋणी र बैंकलाई जोड्ने ठाउँ।

### तपाईंलाई केन्द्रमा राखेर

व्यक्तिगत र सवारी कर्जाको आवेदन तयार गर्न, साझा गर्न र प्रगति हेर्न एउटै ठाउँ। उपलब्ध प्रस्ताव उपयुक्त छ कि छैन भन्ने निर्णय तपाईं गर्नुहुन्छ।

### बैंकसँग सहकार्य

सहभागी बैंकले आवेदन र सम्बन्धित कागजात एउटै ठाउँमा पाउँछन्। समीक्षा, मूल्य निर्धारण, स्वीकृति र कर्जा भुक्तानी बैंक आफैंले गर्छन्।

## तपाईंका योजना र अर्को सवारीका लागि।

### व्यक्तिगत कर्जा

तपाईंका महत्त्वपूर्ण योजनाका लागि। एउटै आवेदन पठाउनुहोस् र बैंकका उपलब्ध प्रस्ताव तुलना गर्नुहोस्।

### सवारी कर्जा

सवारीको कोटेसन तयार राख्नुहोस् र सहभागी बैंकसँग कर्जाका विकल्प बुझ्नुहोस्।

## कर्जाको निर्णय बैंकले गर्छन्

हरेक सहभागी बैंकले आफ्नै प्रमाणीकरण, कर्जा नीति र स्वीकृति प्रक्रिया लागू गर्छ। कर्जाको उपलब्धता, ब्याजदर, शुल्क र सर्त बैंक र तपाईंको परिस्थितिमा निर्भर हुन्छन्।

## तपाईंको आवेदन। तपाईंको अनुमति।

साझा गर्नुअघि विवरण जाँच्नुहोस्। सत्यले तपाईंको अनुमतिमा मात्र सहभागी बैंकसँग आवेदन साझा गर्छ।

## कुराकानी सुरु गरौं।

सत्यबारे बुझ्न वा बैंक साझेदारीको कुरा गर्न चाहनुहुन्छ? हामीसँग सम्पर्क गर्नुहोस्।

रूपाली बिष्ट

[९७१४५९४७९७](tel:+9779714594797) · [roopali@satyafinancial.com](mailto:roopali@satyafinancial.com)

सत्य वित्तीय प्रविधि मञ्च हो, बैंक वा ऋणदाता होइन। प्रमाणीकरण, कर्जा निर्णय, मूल्य निर्धारण र कर्जा प्रवाह सहभागी बैंकको जिम्मेवारी हो। आवेदनले प्रस्ताव, स्वीकृति वा निश्चित ब्याजदरको ग्यारेन्टी गर्दैन।
